विप्लब निकट साउदी मोर्चाले समस्यामा परेका महिला कामदारको समस्या हल गर्यो


पुस १७, काठमान्डौ । रोजगारको सिलसिलामा साउदी पुगेका ६३ नेपाली महिला कामदारहरुलाई विप्लब नेकपा निकट प्रबासी संगठन नेपाली जनप्रगतिशील मोर्चा साउदीले तोकिएको सेवा सुबिधा नपाएपछि समस्यामा परेकाहरुको समस्या समाधान गरिदिएको छ । नेपालको म्यानपावरले तोके अनुसारको तलब र सेवा सुबिधा साउदीमा नपाएपछि महिला कामदारहरु समस्यामा परेका थिए ।

६३ जना महिला कामदारहरु मध्ये ४४ जनालाई तोकिएको सेवा सुबिधा अनुसार कम्पनीमा काम गर्ने बातावरण गराइदिएको र बाँकी १९ जना महिलाहरुलाई मोर्चाको पहलमा नेपाल फ़र्काइएको नेपाली जनप्रगतिसिल मोर्चा साउदीका महासचिव टिकाराम वली ‘सुरेश’ले बताए ।

समस्यामा परेका महिला कामदारहरुले साउदीमा रहेको विप्लब निकट प्रबासी संगठनलाई समस्या समाधान गरिदिन निबेदन दिएपछि मोर्चाले साउदी दुतावासको समन्वयमा पिडितहरुलाई उद्दार गरेको सुरेशले बताए । उनले भने ‘जेद्दामा रहेको नेपाली दुताबास र नेपालमा रहेको म्यानपावर एजेन्सीसंग समन्वयगरि उनीहरुको समस्या हल गरेका हौ ।’

उनले भने ‘अन्य संघ संस्थाहरु भन्दा हाम्रो संगठनलाई बिश्वास गर्छन, कैयौ मुद्दाहरु हाम्रो सामु आउछन र धेरैलाई न्याय दिएका छौ । यो नै हाम्रो संगठनले जितेको जनबिश्वास हो ।’

बिगत १५ महिना अघि नेपालमा रहेको गुड सर्भिस इन्टरनेसनल प्राइभेट म्यानपावरबाट ६३ जना महिला कामदारहरु साउदी स्थित साइनटिफिक मेडिकल एक्युइपमेन्ट हाउसमा पुगेका थिए ।

१७ पुष २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको