जनपत्रकार संगठनले भन्यो- ‘पत्रकार चापागाँईलाई तत्काल विनासर्त रिहा गर’


पुस १७, काठमाडौं । रातोखबर साप्ताहिकका प्रबन्ध निर्देशक तथा पत्रकार भिमप्रसाद चापागाँईलाई प्रहरीले गिरफ्तार गरेको प्रति घटना जनपत्रकार संगठन नेपालले एक वक्तव्य निकाल्दै ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार भिमप्रसाद चापागाँई ।

पत्रिकाको कामको सिलसिलामा आइतबार अपरान्ह १ बजे काठमाडौँको नक्सालबाट चापागाँईलाई गिरफ्तार गरिएको हो । संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले जारी गरेको संयुक्त वक्तव्यमा पत्रकार चापागाईलाई बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल बिनाशर्त रिहाईको माग गरेका छन् ।

बैचारिक आस्थाकै आधारमा मिडिया सम्बद्ध ब्यक्तिलाई गिरफ्तार गरेको भन्दै सरकारले निरङकुश कदम चालेको वक्तव्यमा उल्लेख गरिएको छ ।

गिरफ्तार पत्रकार चापागाईंलाई विनासर्त रिहाइको माग गर्दै वैचारिक अास्था र प्रेस स्वतन्त्रता सम्मान गर्न संगठनले जोडदार माग गरेको छ ।

पत्रकार चापागाईलाई हाल काठमाडौँको सोह्रखुट्टे प्रहरी चौकीमा राखी अभद्र ब्यहारको मुद्दा लगाईको छ ।

हेर्नुस विज्ञप्ति 

१७ पुष २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको