पूर्ण बुढामगर, काठमाडौं, पुस १७ । रुकुम पूर्ब भूमे गाउँ पालिका वडा नं. ५ सेराबाङका १७ बर्षीय टेकजीतमान बुढमगरलाई ब्लड क्यान्सर भई गत एक महिनादेखि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा उपचार भैरहेको छ। पारिवारीक आर्थिक अबस्था अत्यन्तै नाजुकका कारणले परिवारकै सहमतीमा यो अभियान गठन गरिएको हो ।
यस अभियानले देश बिदेशमा रहेका सम्पुर्ण सहयोगी मन भएका नेपालीहरुको लागि पीडितसम्म जोडी दिने काम गर्ने छ । साथै देश बिदेशमा आर्थिक सहयोग उठाई बिमारीको उपचारमा सक्रिय भुमिका खेल्ने छ । दया बुढामगरको संयोजकत्वमा ७ सदस्यीय टेकजीतमान बुढामगर बचाउ अभियान गठन गरिएको छ । दया बुढामगर संयोजकत्व रहेको समितिमा सदस्यहरु महेश बुढामगर, जीवन घर्तिमगर, टोप बहादुर पुन मगर, मदन रोका मगर, श्याम खड्का, अशोक खड्का रहेका छन् ।
यस अभियानलाई सहयोगी मन दानी हात भएका इच्छुक ब्यक्तिहरुले सहयोग गर्न समितिले ”ग्लोवल आइएमी बैक A/C No. J607010008451″ सार्वजनिक गरेको छ । साथै यस अभियानलाई शशक्त र आर्थिक तवरले मजमुत बनाउन विभिन्न देशहरुमा पनि संयोजक तोकेको छ । साउदी अरबको लागि टेक बहादुर बुढा मगर, जापानको लागि विश्व प्रताप बुढा मगर, कोरियाको लागि खगेन्द्र बुढा मगर र नवीन बुढा मगर, कतारको लागि प्रबिन बुढा मगर, मलेसियाको लागि कबल घर्ती मगर र बिरस पुन मगर, युकेको लागि जुन बहादुर बुढामगर, अमेरिकाको लागि मनोज के.सी, गोपाल बुढामगर र लाल बहादुर रोका, पोर्चुगलको लागि कुमार बुढामगर र तुर्किस्तानको लागि श्याम प्रसाद बुढमगर र ढोका बुढामगर जम्मा गरि नौ वटा देशमा संयोजक तोकिएको समितिका मूल संयोजक दया बुढामगरले जानकारी दिएका छन् ।
त्यस्तै संस्थागत तर्फवाट लुगुम्याल समाज काठमाडौबाट हर्क बहादुर घर्तिमगर, तकसेरा समाज काठमाडौबाट भागलाल बुढामगर, थबाङ्गी समाज काठमाडौको तर्फबाट दिनेश बुढा मगर, रोल्पा-काठमान्डौ समन्वय समितिको तर्फवाट कर्ण बहादुर घर्तिमगर, मिडिया संयोजकमा मनास्लु पोष्टका मन बहादुर पुनमगर, अठार मगरात प्रष्ठिान काठमाडौबाट झबिन्द्र पुनमगर, अठार मगरात कलाकार केन्द्रीय संघ काठमाडौबाट किरण बाबू पुन, नन्द घर्तीमगर र कल्पना बुढा मगर रहेका छन् ।
उपचारमा संलग्न डाक्टर अन्जन श्रेष्ठका अनुसार बिमारीको अबस्था जतिल छ । १००% मा ७०% बचाउन सकिने सम्भाबना छ, जसको लागि ३५ लाख देखि ६० लाखसम्म लाग्न सक्छ । यसको उपचार गर्न दुई बर्षसम्म नियमित चेकजाँचको आबस्यक पर्ने श्रेष्टले बताए ।
अहिले एक महिनाको अबधिमा एक लाख सकियो, अस्पतालले अब तीन महिनाभित्र १० लाख जम्मा गर्नु पर्छ भनेको छ । कहाँबाट जम्मा गरूँ ? दयालु मन भएका दानीहरुले मात्रै मेरो छोरोलाई बचाउन सक्नु हुनेछ भन्ने आशा गरेको छु भन्दै आफ्नो छोरोको ज्यान बचादिन बिरामीको बाबु गुण बहादुर बुढा मगरले सबैसंग गुहार मागे ।
‘जतिजति मृत्युको नजिक पुग्छु झनझन बाँच्ने रहर जाग्दो रहेछ, म बाँच्न चाहन्छु र हजुरहरु जस्तै हाँस्न चाहन्छु, रमाउन चाहन्छु, मेरो भगवान भने पनि जे भने पनि हजुरहरु हुनुहुन्छ, आफ्नै बलबुताले बाँच्न त माया मारिसकेको छु, मेरो जिन्दगी हजुरहरुकै भरोसामा छोडिदिएको छु’बिरामी टेक जितमानले आँशु खसाल्दै पोष्टपाटी मार्फत सबैसंग आफ्नै जिन्दगीको भिख मागे ।
यदि कुनै मनकारी महानुभावहरुले क्यान्सर विरामी टेकजीतमा बुढा मगरलाई सहयोग गर्न चाहनु हुन्छ भने बिरामीका बाबु गुण बहादुर बुढामगर, समितिका संयोजक दया बुढामगर र समितिका सचिव महेश बुढा मगरको IME BANK मा रहेको संयुक्त खाताको एकाउन्ट नम्वर J607010008451 मा सहयोग गर्नु सक्नु हुनेछ भने सम्पर्कका लागि बिरामीका बाबु गुण बहादुर बुढामगरको फोन नम्वर ९८६६२५३१९५, समितिका संयोजक दया बुढामगर ९८५११५३०३२ र समितिका सचिव महेश बुढा मगरलाई ९८५१०३७६७७ नम्वरमा सम्पर्क गर्न सक्नु हुनेछ ।
प्रतिक्रिया दिनुहोस