रङ्‌गमय शब्दरु (गजल संग्रह)


रङ्‌गमय शब्दरु

कुनै कुरा यस्तो हन्छ, जले मात्रै शोभा दिन्छ।
हातमा लाउने घडीले नि, चले मात्रै शोभा दिन्छ।

घरमा कहिले आगलागी हुन्छ, धेरै क्षेति गर्न सक्छ।
दियो घरको दियो हेरौं, बले मात्रै शोभा दिन्छ।

फुलको मात्रै कुरा हुन्छ, हरेक कुरा सजाउन।
खेतबारीको बाली फेरी, फले मात्रै शोभा दिन्छ।

कुनै कुरा सड्‌नु गल्नु, बिग्रनुको अर्थ होइन।
सिन्कीको अचार अनि, गले मात्रै शोभा दिन्छ।

चुपचाप बस्नु महानता हैन, सम्हालिन जान्नुपर्छ।
रातो त्यो अबिरले नि, दले मात्रै शोभा दिन्छ।

उज्यालो त्यो बिहानी, रात ढले मात्रै शोभा दिन्छ।
कनै कुरा यस्तो हुन्छ, जले मात्रै शोभा दिन्छ।


तिमि र म

यो शिर मैले के उच्च बनाउ तिमीले झुक भन्छौ
गर्वले छाति फुलाउने मन हो तिमीले लुक भन्छौ

फुर्सद मिल्यो यो मनलाई पनि के गरु गरु भयो
तलतल लागेर च्यापेको खैनी तिमीले थुक भन्छौ।

समस्या संग जुधेरै मलाई अगाडी बढ्‌ने मन छ
दुई पाईला मात्रै के अगी हुन्छु तिमीले रुक भन्छौ।

सम्बन्ध हाम्रो साडी चोली झै परीपुरक हुन्थो कसम
त्यो मन यो मन गांस्नलाई खोज्दातिमीले हुन्न भन्छौ।

मेरो यो कर्म रात र दिन नभनी संधै डगमगाउछ
एकछिन मलाई पर्खिन परे तिमीले दु:ख भन्छौ।


रात

हजारौ सपना देखे मैले रात अझै अलमलमा छ
अंध्यारो भयसी सुत्छु भन्छु रात अझै झलमल्ल छ।

ईक्ष्या ईक्ष्यैले गर्दा मरीसक्यो ईक्षाशक्ती आजकाल
आखा लोलाऊदै गय यता रात अझै चहलपहलमा छ।

निन्द्रा र रात पनि आजकाल सरकार र प्रतिपक्षझै भयो
निदलाई बिउझ्याउदै गर्दा रात आफ्नै छलफछलमा छ।

लोभी यो मनले गर्दा निन्द्रा बेच्न मजबुर छु संधै
बिहानी कुर्छन यि आंखा रात उस्कै पहलमा छ।

हजारौ सपना देखे मैले रात अझै अलमलमा छ
अंध्यारो भयसी सुत्छु भन्छु रात अझै झलमल्ल छ।

२०७६ पुष २९,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको