जिब्रो थुन्ने दुईतिहाईको बिधेयक

दुइतिहाइले विधेयक पास गरेपछि मुलुकभरी लाखौं जेलहरु निर्माण हुनेछन


हिजो सुनेको र हिजो बजाइएको गीत आजभोली टेक्नोमा परिमार्जन एवम अनुवाद भएको छ। हिजो गाउगाउमा सिंहदरबार भनेर नारा लगाउदा नै मैले भनेको थिएं । यो मिथ्या हो। यो त मात्रै वेवकुफ भ्रम हो, बरु गाउगाउमा भैरवनाथ गणहरु चाहिँ बन्दैछन भनेर । त्यतिनैबेला मैले विभिन्न अनलाइन न्युज मिडियाहरुमा आलेख नै लेखेको थिएं । सायद मेरा आदरणीय मित्रहरूले पनि पढ्नुभयो होला। म वर्तमानमा टेकेर भविस्यको भाषा बोल्छु । आजसम्म झन्डै ८०% मिलेको छ, फेल खाएको छैन।

यसैकारण तिनै भैरवनाथ गणका पूर्व संकेतको चाल पाएर मैले संसदीय निर्वाचन बहिस्कार गरेको थिएं र आज म गौरव गर्छु । मेरो मत बलात्कृत हुन पाएन। त्यसैले आफैलाई धन्य ठानेको छु ।

मुलुकको इतिहास रगतको खोली बगाएर बदलिएको सत्य हरेक घरका मानिसहरुलाई थाहै छ तर अनुभूति परिवर्तनको हुन पाएन बरु अधिनायकवाद लाद्ने प्रपन्चको दुर्गन्ध भने हरक्कै आइसकेको छ ।

चार वर्ष पहिला मात्रै ३४ लाख युवायुवती बिदेशिएका थिए भने चार वर्षपछिको तथ्यांकले ८० लाख युवाशक्तिलाई खाडी लगायतका विश्वका विभिन्न मुलुकतिर लखेटिसकेको छ र यो क्रम तिब्र छ। यसैकारण समृद्दी लज्जित भएकी छे। विकास छक्क परेर घोसेमुन्टो लगाइरहेको छ आदरणीय साथीहरू ।

मलाई जस्तो सुकै सजायको कुनै परवाह लाग्दैन । जन्मेपछी मर्नु पर्छ जुन सत्य हो । तर कसरी मरिन्छ त्यो त भविष्यले नै जगजाहेर गर्ला । यसैले मैले गणतन्त्रमा बोल्छु यद्यपि जस्तोसुकै मूल्य चुकाउनु किन नपरोस । सिन्धु आमाको गर्भवाट जन्मेको म, सिन्धु नदिको जलप्रवाहमा हुर्केको म, आमा सरस्वतीको छोरो हुं। अन्याय र अत्याचार किमार्थ सहिदैन, बरु सजाएको अचानोमा जिबनको अन्त्यष्टि स्विकार्न तयार छु ।

हजारौको रगतको खोली बगाएर मुक्तिको उदघोस गरेको जनयुद्धले गणतन्त्र त ल्यायो, गणतन्त्र पनि लक्का जवान भैसक्यो। हिजोको १०४ वर्षीय राणा शासन निरंकुश थियो, बोल्न लेख्न नपाइने प्रावधान थियो । अब आज बोल्न र लेख्न नै नपाउने विधेयक बनाउछ कथित सरकारले भने सोध्नु मन लाग्यो खड्ग सरकारलाई एउटा अनमोल प्रश्न ;”सरकार अब किन खोल्ने शिक्षण संस्थाहरु ? कलेज, युनिभर्सिटी, स्कूलहरु ? अब बन्द गरौं त्यसपछी बोल्नलेख्न नपाउने विधेयक संसदबाट अनुमोदन गरौं न हुदैन ?

यो गणतन्त्र नै होइन र लोकतान्त्रिक व्यवस्था नै हैन भने त्यस्ता विधेयक गरिबको घरवास उठाउने १५ लाखे कानुन र ५ वर्षे जेलको नियम तर्जुमा गर्न अब भएका युनिभर्सिटी, कलेज साथै स्कूलहरुलाई नै जेलमा रुपान्तरण गरौं न हुदैन र सरकार ? त्यसपछि सुन्दै लाज लाग्ने विधेयक पास गरौं न ।

तिनै ८० लाख युवाको पसिनाले बनाउं लाखौं जेलहरु र थुनौं मुक्तिको भ्रम फैलाएका नेपाली जनताका छोराछोरीहरुलाई अन्धकार खोरमा । त्यसपछि अधिनायकवादको आयु ५० वर्ष हैन फेरि राणा शासकहरुको जस्तै १०४ वर्ष भन्दा बढि टिक्न पाउनेछ र चलाउँ अन्धकार शासन जसले शासकको सुदिन ल्याई दिर्घायु प्राप्त हुनेछ। हजारौंको रगत लिलाम भएको मुलुकमा लाखौं युवाको पसिना बल्ल पच्न पाउनेछ।

२०७६ पुष २८,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको