वृद्द रुख


मक्किएर दल्न लागेका
यि वृद्द रुखहरुको बारेमा सोचौ,
यि जति गर्न सक्थे गरे,
अब स-सम्मान विदाई गर्नु
सबैको लागि न्यायोचीत हुन्छ ।

सन्ततीको लागि
खति थाकिसके
दुख खपी पाकी सके
अब बीउ हुनसक्नुपर्छ
हाम्रा वृद्द रुखहरु

अत्तेरी भए
आफैँ नगए
यिनका छायामा
साना मुना, कलीला तुसा
अङ्गकुराउन सक्दैन्न ।
निधार किन खुमच्याउने
उखेलेर फालेनि हुन्छ
खियावाला पूर्जा फुकालेनि हुन्छ।
अब कोहि आरी
कोहि बन्चोरो
कोहि रेंची
कोहि ढोजर भएर आउ
यिनको अत्तेरिमा बुल्डोजर गुडाउनु
युगको आवान छ ।

मन किन अमीलो
निधार किन धमीलो
आखीर त्यो दिन आउने छ।
यि वृद्द रुखहरु कुनै रिटमा वचाउन सकिने छैन
त्यो स्व-अन्त्यमा
कलिला मुनाहरु
किचीने मिचिने पक्का छ।
अब निसंकोच
थोतरिएका, मक्कीएका
कूहिएका वृद्द विचारहरु
सुरुक्षित अन्त्य गरी
त्यहि काठ दाउरा बुसबाट
तीनलाई पोली
नयाँ उज्यालो बाल्नु छ ।

अनि मात्र
नयाँ पालुवा सिक्ने छ
तन्तलापुर चर्को घाममा पसिनाको मूल्य
भर्खे झरीको रुझाई अनि चैते असिनाको चुताईमा
भोग्ने छ वास्तविक जीवन
आँधी तुफान भुकम्पको कम्पनमा
सुन्ने छ हृदयका आवाजहरु,
मौसमी बदलाबमा
महसुस गर्ने छ
आगो पानी जल जमिन र आकासका विज्ञान
अनि बुझने छ बलिदानका ईतिहास
अनि सुरु गर्नसक्ने छ पौरखी सुरुवात

– याङो श्रो मगर

१६ मंसिर २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको