एउटी आमाको आशिर्वाद !


ऋतु मोक्तान ‘युनिसा’ | मेरी छोरी युनिस छ वर्ष पुग्दै छ । छोरीका वर्षहरू बढ्दै जाँदा मेरो मनमा आउने भावनाहरूलाई मैले पत्रमार्फत् पोखेको छु । र, यो पत्र युनिस जस्तै सबै छोरीहरूको निम्तिः

हरेक दिन आउने यो चौबीस घण्टाको समय तिमिलाई सम्झिनका लागि एक पलजस्तो मात्र लाग्छ । यी सपनाजस्ता दिन तिम्रो झझल्कोमा बित्दै बित्दै जान्छन् । मेरो हृदयको दृष्टि जहाँसम्म पुग्छ, म तिमिलाई त्यहाँसम्म देख्छु । तिम्रो सम्झना र मायालुपनलाई बहन गर्न नसक्दा बहन्छन् अश्रुबुँद अनि लछप्पैै भिज्छ मन । जब नियाल्छु सजल मन तब तिम्रो सुकुमार मुहार मुस्कुराइरहेको हुन्छ ।

तिमिसँग बिताएको अमूल्य मिलनको कहानी मेरो हृदयको पानपाते पानामा स्मृतिको कलमले कहिल्यै नमेटिने गरी लेखेकी छु । प्यारो छोरि, तिम्रो त्यो सुन्दरता हौ, जसलाई तस्वीरमा उतार्न सकिन्न । तिमि त्यो भाव हौ, जसलाई कवितामा लेख्न सकिन्न ।

अचम्म लाग्छ मलाई, तिम्रा यी साना मुठ्ठीमा यति धेरै खुशी अटेको देख्दा । तिम्रा यी साना खुट्टाहरुले उभिन गरेका संघर्ष हेरि आफूले पाइला पाइलामा गरेको सङ्घर्ष बिर्संदा ।

अचम्म लाग्छ मलाई पलपल तिमीले आफूतिर आकर्षित गरेको देख्दा । चुलबुलिएर तिमीले गरेको बदमासी पनि मलाई यति धेरै मन पर्छ ।

अचम्म लाग्छ मलाई तिमीप्रतिको यो माया मोह देख्दा, तिम्रा साना साना गतिविधिमा अल्झिएर आफ्ना ठूला ठूला लक्षहरुमा छाया पर्दा । दिन प्रतिदिन तिमी बढेको हेरी, त्यसैमा मोहित भई बस्दा । मेरी प्यारी छोरी, शुभकामना जन्मदिनको । प्यारी छोरी असिम सम्झना अजम्बारी माया । अनि तिम्रो निरोगी जीवन र सुस्वास्थ्यको कामना पनि ।

जीवनका असिमित गतिहरु भाग दौडमा नै सिमित छन् । समयको परिवर्तन संगै जिन्दगीका हरेक खुड्किलाहरुमा भोगाइका बिभिन्न भारीहरू बोकेर उक्लने क्रममा म तिमीबाट धेरै टाढा छु शारिरीक रुपमा तर पनि हरेकपल यो ढुकढुकीमा तिमीनै धड्किरहेकी हुन्छयौ ।

तिम्रो मायाका अदृष्य स्पर्शलाई मनमुटुमा बोकेर परदेशको यी कहाली लाग्दा उच्छवासमा म तिम्रो सुन्दर भविष्यको कल्पनामा अनेकौ वाध्यता बिबशता सहेर लडिरहेछु । यी बिभिन्न परिधी र परिस्थितीहरूमा कतिपय मेरा जीवनहरू तिम्रा लागि छोरी, मेरा लागि मात्र होइन । तिमीमा नै समर्पित छु सदैव रहनेछु ।

आज तिम्रो साथमा रहेर तिम्रा लागि मीठा मीठा परिकार बनाएर आफ्नै हातले खुवाउन असमर्थ भएपनि, यी बिभिन्न परिधी वा परिस्थितिमा भौगोलिक दुरीले टाढा रहे पनि आजको प्रबिधीले संसारलाई सानो बनाएको छ । यही प्रबिधीको माध्यमबाट मनभरिको असिम माया, ममता सुस्वास्थ्यको कामना गर्नुको साथै तिमीले चालेका हरेक पाईलाले सफलताको शिखर चुम्न सकुन् भन्दै र शैक्षिक मार्गमा सदा सफलता रहोस् भन्ने कामना गर्दै जन्मदिनको लाखौं लाख शुभकामना भन्न चाहन्छु ।

म निकै उत्साहित थियौं, जब तिम्रो जन्म भएको थियो । तिमी एउटा यस्तो संसारमा रहनेछौं जहाँ तिमीले राम्रो शिक्षा पाउनेछौ ।

‘तिम्रो जुन समयमा जन्म भएको छ, त्यहाँ विज्ञान र प्रविधि लगातार प्रगती भइरहेका छन् । यस्तोमा तिमीले अझै राम्रो जीवन बिताउनेछौ र यसमा मेरो जिम्मेवारी पनि महत्वपूर्ण हुनेछ । ‘के गलत छ ?’ भन्ने विषयमा मानिसहरुले धेरै ध्यान दिन्छन् भन्ने कुरा मलाई थाहा छ । तर मलाई पूर्ण भरोसा छ कि ‘पोजिटिभ ट्रेन्ड’ ले नै जित हाँसिल गर्नेछ ।’

‘म तिम्रो पीढि र भविष्यको विषयमा निकै आशावादी छु । संसार एक गम्भीर स्थान हो । त्यसकारण तिमीले बाहिर गएर खेल्ने समय निकाल्न आवश्यक छ । तिमी जतिजति ठूलो हुनेछौ त्यति नै व्यस्त हुनेछौ ।’

‘आशा छ तिमीले फूलको बास्ना महसुस गर्नेछौ। आफ्नो कहानी आफै बनाउनेछौ ।’

‘तिमी युकेजि देखि आफ्नो खुट्टामा आफै उभिएको हुदैन त्यतिबेलासम्म दौडनेछौ जबसम्म पूर्ण रुपमा थाक्ने छैनौ । तिमी मज्जाले निदाउ भन्ने मेरो चाहना छ । मलाई आशा छ, तिमी सुत्ने कुरामा पोख्त हुनेछौ ।’

‘हामी चाहन्छौं कि तिमी सपनामा पनि हामीले तिमीलाई कति माया गर्छौं भन्ने कुरा महसुस गर । र एक विशेष कुरा… बाल्यकाल निकै जादूमय हुन्छ । मात्र एकपटक पाउछौं त्यसकारण तिमी भविष्यको चिन्तामा यसलाई बर्बाद नगर्नु । तिम्रो भविष्यबारे चिन्ता गर्न हामी छौं ।’

‘तिम्रो पिढीका लागि यो दुनियाँलाई उत्कृष्ट बनाउनका लागि हामी पूर्ण कोसिस गर्नेछौं । युनिस, ‘वि लभ यू सो मच’ । हामी यो यात्रामा तिमीसँग हिँड्नका लागि निकै उत्साहित छौं । तिमीले एक उत्कृष्ट जीवन पाउ भन्ने कामना छ ।

तिमीलाई सुधार गर्नु मेरो कर्तब्य हो । उही तिमीलाई धेरै माया गर्ने तिम्रो परदेशी आमा ।
ऋतु मोक्तान ।

१६ मंसिर २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको