बानेश्वरमा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु

फाइल तस्बिर

कात्तिक १६, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा घर भई बुद्धनगरमा भाडामा बस्दै आएका अन्दाजी ५३ वर्षका एक पुरुषको आइतबार दिउँसो ज्यान गएको वडा कार्यालयले जनाएको छ । उनको बिहान मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

बिहान कोरोना रिपोर्ट आएसंगै अचेत अवस्थामा पुगेका उनको दिउँसो १ बजेतिर ज्यान गएको काठमाडौं महानगरपालिकाका वडा नं १० का वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । उनी उच्च रक्तचापको बिरामी रहेको बताइएको छ ।

त्यस्तै, आइतबार अपराह्न बानेश्वर हाइटमा एक वृद्धाको ज्यान गएको वडाध्यक्ष केसीले जानकारी दिए । करिब ८ दिन अघि कोरोना संक्रमण देखिएकी ती वृद्धा होम आइसोलेसनमा नै थिइन् ।

नेपाली सेनाको शव व्यवस्थापन टोलीले मृतकको घरमा पुगेर शव उठाउने काम भइसकेको वडाध्यक्ष केसीले बताए ।

१६ कार्तिक २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको