बिद्रोही नेपाली जनप्रगतीशिल मोर्चा कतारको दशैं शुभकामना नज्मा गोर्खा रेष्टुरेन्टमा


बेद बोहरा, दोहा कतार/कार्तिक १६,
नेपाली जनप्रगतिशील मोर्चा कतारले अक्टोबर ३० शुक्रबार दोहा कतार स्थित नज्मा गोर्खा रेस्टुरेन्टमा दशै बिजय दशमिको उपलक्ष्यमा र आउंदै गरेको शुभ दिपावलि तथा छठपर्वको अबसरमा भेट-घाट तथा शुभकामना आदानप्रदान चियापान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

मोर्चाका अध्यक्ष साजन गुरुङ (छबि गुरुङ) को सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन मोर्चाका महासचिव बिवेक मल्लद्धारा गरिएको थियो संचालित कार्यक्रमलाई गर्नु भएको थियो । त्यस्तै कार्यक्रमको बिशेष अतिथिमा मोर्चा प्रबक्ता राजेन्द्र लिम्बू रहनु भएको थियो । महिला बिभाग प्रमुख तथा मोर्चा उपाध्यक्ष गोमा थापा र मोर्चा सचिव ज्ञानेन्द्रराज भारति, कोषाध्यक्ष मनमोहन सिंह, सुजक अर्याल लगायतका अतिथिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । मोर्चाको तर्फबाट नेपाली जनप्रगतिशिल मोर्चाका सदस्य कमरेड देब बिस्टले स्वागत मन्तब्यले स्वागत मन्तब्य राख्जु भएको थियो ।

कार्यक्रमका बिशेष अतिथी राजेन्द्र लिम्बुले परदेशी भुमिमा रहेता पनि आफ्नो कला संस्कृतिलाई जगेर्ना गर्न सकिन्छ तर त्यसको लागी बिकृती र बिसंगतीबाट टाढा रहनु पर्ने र कसैलाई अप्ठ्यारो पार्न नहुने बताउदै देश बिदेशमा रहेका सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई दशैंको शुभकामना दिनु भएको थियो ।

अतिथि महिला बिभाग प्रमुख तथा मोर्चाकाउपाध्यक्ष गोमा थापाले परदेशी भुमिमा रहेर पनि यसरी दशै मनाउन पाउनु निकै खुशिको कुरा हो भन्दै सबैलाई दशैको शुभकामना दिनु भएको थियो ।

त्यस्तै अतिथी मनमोहन सिंह ,सुजक अर्याल ज्ञानेन्द्रराज भारतिले परदेशमा पनि यसरी नेपाली कला संस्कृतिको झल्कने कार्यक्रम मनाउन पाएकोमा खुसि ब्यक्त गर्नुको साथै आउदै गरेको दिपावलीको अग्रिम शुभकामना सहित दिनुभएको थियो ।

दशैको शुभकामना आदनप्रदान चियापान तथा प्रशिक्षण कार्यक्रममा दोहा कतारका बिभिन्न ठाउबाट शुभचिन्तक पाहुनाहरु उपस्थिती रहेको थियो भने खानामा नेपाली स्वादिष्ट परिकारहरुका साथमा कोदो को ढेडो, खसिको मासु, भुटान, चिउरा, पुलाउ अचार, पनिर लगायत नेपाली पन झल्काउने खाना रहेको थियो ।

कार्यक्रमको अन्तमा सभापति साजन गुरुङले आफ्नो शुभकामना मन्तब्य सहित कार्यक्रम सफल बनाउन निरन्तर खटिएका मोर्चाका सदस्यहरु लगायत निमन्त्रणालाई स्विकारेर टाढा टाढा देखि उपस्थित भएका सबैलाई अतिथिहरुलाई धन्यवाद सहित दशैंको शुभकामना दिनुभएको थियो ।

२०७७ कार्तिक १६,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको