रोल्पामा चार्जमा मोवाइल राखेर भिडियो हेर्नेक्रममा करेन्ट लागेर मृत्यु


असोज १५, दाङ । रोल्पा जिल्लामा एक युवाको मोवाईल चार्जमा राखेर भिडियो हेर्दै गर्दा त्यसैवाट करेन्ट लागेर मृत्यु भएको छ ।

जिल्लाको सुनिल स्मृति गाउँपालका वडा नं. १ घोडागाउँ निवासी ४३ बर्षीय भरत नेपालीको मोवाईल चार्जमा राखेर भिडियो हर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

नेपाली विहीवार विहान ११ बजेतिर मोवाई चार्जमा राखेर भिडियो हर्नेक्रममा करेन्ट लागेर गम्भीर अवस्थामा पुगेका थिए ।

उनलाई उपचारका लागि प्यूठान जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक शंकर खड्काले जानकारी दिए । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी  कार्यालय रोल्पाले बताएको छ ।

भारतमा मजदुरी गर्दै आएका भरत केही समय अगाडि मात्रै घर आएका थिए । उनको श्रीमती र एक छाेरी छन् ।

१५ आश्विन २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको