असोज १५, काठमाडौं । नेपाल आयल निगम (एनओसी) का कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना पोजेटिभ देखिएको छ ।
सामान्य रुघाखोकी पछि तीन दिनदेखि होम आइसोलेसनमा रहेका पौडेललाई बिहिबार पीसीआर परिक्षण पछि कोरोना पोजेटिभ पुष्टि भएको हो ।
कोभिड–१९ संक्रमणको पोजेटिभ रिपोर्ट आएसँगै निर्देशक पौडलले आफैले कोरोना पोजेभिटको जानकारी दिएका छन् ।
यद्यपि, संक्रमणको रिपोर्ट पोजेटिभ आएपनि सामान्य ज्वरो बाहेक आफुलाई अन्य लक्षण आफुमा नदेखिएको पौडेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस