सानिमा जनरल इन्स्योरेन्सले पनि आईपिओ निष्काशन गर्ने


असोज १५, काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणलाई प्रति शेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । जस मध्ये १ लाख २० हजार कित्ता कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको २७ लाख ३० हजारको कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीको आईपिओमा छिटोमा असोज २५ गतेसम्म र सो अवधिमा पर्याप्त आवेदन नपरेमा कार्तिक ६ गतेसम्म आवेदन दिन सकिने छ । आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । तर कम्पनीको आईपिओमा गोलाप्रथाबाट २ लाख ७३ हजारले मात्र पाउने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त देखिदैन । कम्पनीले आइपीओ निष्कासनको लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धका नियुक्त गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । सर्वसाधारण शेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ ।

यस अघि जनरल इन्सुरेन्सले पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गरेको थियो । जसअनुसार कुल सेयरमध्ये १ लाख २० हजार कित्ता सेयर कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो । बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरमा मात्र सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

जनरल इन्सुरेन्सको आइपीओमा असोज ११ गतेबाट १४ गतेसम्म २ अर्ब २५ करोड २६ लाख ४१ हजार रुपैयाँ बराबरको आवेदन परको छ । सीडीएसका अनुसार बुधबार साँझ ५ बजेसम्ममा ८ लाख १२ हजार ३४० जनाले २ करोड २५ लाख २६ हजार ४१० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल २७ लाख ३० हजार कित्तालाई आधार मान्दा ८.२५ गुणा बढी आवेदन हो । यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्नेछ ।

 

२०७७ आश्विन १५,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको