असोज १५, काठमाडौँ । काठामडौं उपत्यकामा थप ९ सय ४३ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा.जागेश्वर गौतमका अनुसार बिहीबार थप ९ सय ४३ जनामा पुष्टि भएको हो । त्यसमध्ये काठमाडौंका ८ सय १७, भक्तपुरका ५८ जना र ललितपुरका ६८ जना छन्।
उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा मात्रै १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७२८ पुगेको जानकारी दिएको छ । यस्तै हालसम्म ५७ हजार ३८९ जना कोरोना मुक्त हुँदा देशभर सक्रिय संक्रमिमतको संख्या २१ हजार ८३० पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा हाल संस्थागत आइसोलेशनमा १० हजार ७६१ र होम आइसोलेशनमा ११ हजार ६९ हजार रहेको जानकारी दिए ।
यस्तै हाल देशभर आईसीयूमा २२० र भेन्टिलेटरमा २५ जना रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५०९ पुगेको छ ।
हेर्नुस विवरण
प्रतिक्रिया दिनुहोस