थप १ हजार ९११ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २१ हजार नाघ्यो


असोज १५, काठमाडौं । बिहीबार देशभर थप १ हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७९ हजार ७२८ पुगेको छ।

त्यस्तै यस अवधिमा ९६१ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म मृत्यु हुनेको संख्या ५०९ पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ४४४ जनाको पिसिआर परीक्षण भएको छ।

१५ आश्विन २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको