अबदेखि दैनिक ६१ आन्तरिक उडान, कुनको कति ?


असोज १५, काठमाडौँ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले दैनिक ६१ आन्तरिक उडान हुने गरी तालिका सार्वजनिक गरेको छ । विभिन्न एयरले माग गरेको उडान गन्तव्य तथा तालिकाका आधारमा क्यानले उडान तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार सबैभन्दा धेरै उडान बुद्ध एयरको रहेको छ । बुद्धले आफ्नो गन्तव्य क्षेत्रमा दैनिक २५ उडान तालिका माग गरेकोमा क्यानले २९ उडान अनुमति दिएको छ । बुद्धलाई विराटनगरबाट तुम्लिङटार दैनिक १ उडानको अनुमति दिइएको छ । यसैगरी यतीले १५ माग गरेकोमा १५ उडान दिईएको छ ।

प्राधिकरणका अनुसार यसअघि बुद्धले दैनिक १८ उडान गर्दै आएको थियो भने यतीले १२ उडान गर्दै आएको थियो । यसैगरी श्रीले पहिले ६ वटा उडानको अनुमति पाएकोमा अब दैनिक १२ वटा गर्न पाउने भएको छ ।

सिम्रिकले दैनिक २ वटा उडानको अनुमति पाएको छ । तारा एयरले काठमाडौं लुक्ला ३ वटा र फाफ्लुमा साताको ३ वटा उडान अनुमति पाएको छ ।

समिटलाई लुक्लामा दैनिक २ वटा र सातामा ५ वटा जोमसोम उडानको अनुमति दिइएको छ भने सिता एयरलाई काठमाडौंबाट ताप्लेजुङ २ वटा र लुक्ला एउटा उडान अनुमति दिइएको छ ।

२०७७ आश्विन १५,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको