घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


असोज १५, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ ।

बुधबार सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा कारोबार भएको आज तोलामा २ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ११७५ रहेको महासंघले जनाएको छ ।

 

२०७७ आश्विन १५,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको