मुख्यसचिवमा शंकरदास बैरागी, युवराज खतिवडा अमेरिकाका लागि राजदुत


असोज १५, काठमाडौँ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण तीन निर्णय गरेको छ ।

बैठकमा मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

आगामी कार्तिक ३ गतेसम्म कार्यकाल रहेका रेग्मीले राजीनामा दिएपछि रिक्त मुख्यसचिव पदमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरिएको छ । पर्वतमा जन्मिएका बैरागी परराष्ट्र मामलाका जानकार हुन्। उनी परराष्ट्र मन्त्रालयका सचिव हुन्।

बिहीबारकै बैठकले प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत सिफारिस गर्ने निर्णय गरेको बताइएको छ ।

 

१५ आश्विन २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको