काठमाडौं उपत्यकामा थप ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि


भदौ १६, काठमाडौँ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा देशभर १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको हो ।

यीसहित हालसम्म संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ सय ६८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ।

देशभर हाल सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ छ । त्यस्तै पछिल्लो २४ घण्टामा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ । यीसहित कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ७ लाख ५ हजार बढीको पिसिआर परीक्षण भएको छ ।

१६ भाद्र २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको