वीरगञ्जमा कोरोना संक्रमणबाट थप एकको मृत्यु


साउन १७, काठमाडौं । पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचाररत वीरगञ्ज -६ नगवाकी ५० वर्षीय महिलाको महिलाको कोरोन संक्रमणका कारण मृत्यु भएको हो ।

ज्वरो र निमोनिया भएपछि उपचारका लागि अस्पतालमा भर्ना भएकी शुक्रबार बिहान मृत्यु हो । साउन १४ गते बुधबार अस्पतालमा भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । तर रिपोर्ट नआउँदै बिहान १०:१२ बजे मृत्यु भएको थियो ।

शुक्रबार अबेर राति आएको रिपोर्टमा मृतक महिलामा कोरोना संक्रमण पोजेटिभ देखाएको नारायणी अस्पतालका डा निरज सिंहले जानकारी दिए ।

यो सँगै पर्सामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

२०७७ श्रावण १७,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको