नेपालमा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो


साउन १७, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा ६ हजार ९९३ जनाको स्वाब परिक्षण गरिएकोमा ३१५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३३८ रहेको छ । कोरोनाबाट हालसम्म ५६ जनाको मृत्यु भैसकेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९३ जनाले कोरोनाविरुद्दको लडाई जितेर घर फर्किएका छन् । योसँगै १४ हजार ४९२ जनाले कोरोनाविरुद्दको लडाई जितेर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल ११ हजार ५३३ जना क्वारेन्टाइनमा रहेका छन् ।

२०७७ श्रावण १७,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको