घर पुर्याइदिन्छु भन्दै ट्रकमा लिफ्ट दिएर युवतीमाथि सामुहिक बलात्कार, चालकसहित ३ जना पक्राउ


साउन १७, रौतहट । युवतीलाई सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ परेका छन् । रौतहटको फतुवा बिजयपुरमा ट्रकभित्रै युवतीलाई बलात्कार गरेको आरोपमा ट्रक चालकसहित३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा तनहुँ जिल्ला ब्यास नगरपालिका वडा १ का ट्रक चालक वर्ष २९ का बिष्णु प्रसाद रानाभाट, सोहीठाँउका सहचालकहरु वर्ष १८ का बिनोद रानाभाट र वर्ष १९ का केशर मगर रहेको प्रहरीले जनाएको छ ।

चितवनको गैँडाटारबाट भुस लिन फतुवा विजयपुर नगरपालिका बरगिनियाचौक गएको ना २ ख ६७४६ नम्बरको ट्रकमा २१ वर्षीय युवती बलात्कृत भएको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत बिहीबार बाराको पथलैयामा बाटोमा अलपत्र परेकी ती युवतीलाई घर पुर्याईदिन्छु भनी उनीहरुले ट्रकमा ल्याएका थिए।

बरगिनिया चौक पुगेपछि युवतीलाई बन्धक बनाउँदै उनीहरुले ट्रकभित्रै बलात्कार गरेका थिए भने पिडितले रोई कराई गर्दा स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।

२०७७ श्रावण १७,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको