करिश्मालाई अमेरिकाबाट सहयोग


पोष्टपाटी, अमेरिका | ब्लड क्यान्सरका बिरामी करिश्मा पुनलाई अमेरिकामा बस्ने नेपालीहरुबाट सहयोग प्राप्त भएको छ । पुथाउत्तरगंगा गाउँपालिका १२ रुकुम पुर्व घर भएका करिश्मा पुनको लामो समयदेखि सिभिल हस्पिटलमा उपचार भइरहेको थियो ।

ब्लड क्यान्सर तथा बोन म्यारो सम्बन्धि समस्याबाट पीडित करिश्मा सानै हुँदा बुवाको निधन भइसकेको थियो र आमा एक्लैले उनलाई हुर्काएका थिए । घरको आर्थिक अबस्था निकै नाजुक भएकाले करिश्माको उपचार गर्न सकिरहेका थिएनन् ।

देश बिदेशबाट केही आर्थिक सहयोग आएपनि उपचारमा लाग्ने कुल १६ लाख रुपैयाँ अझै नपुगेको करिश्मा बचाउ अभियानका अभियानता धुर्ब पुन “गुमाने” ले पोष्टपाटीसङ्ग बताउनु भएको छ । आर्थिक जुटाउन सुजन पुन, ध्रुव पुन, तारक पुन लगाएतका धेरै जना अभियानताहरु यसमा लागिरहनु भएको छ । यहि क्रममा अमेरिकामा याङो श्रो मगर, गर्खनेल समाज र अमेरिकामा रहेका सोहि गाउँपालिका जाङ बस्ने जाङगालीहरुको अगुवाईमा सहयोग संकलन भएको छ ।

देश बिदेशमा रहेका नेपालीहरुले दिल खोलेर एक दुई डलर दिएपनि १६ लाख पु-याउन त्यति ठूलो कुरा नभएकोले सबै प्रवासी नेपालीहरुलाई “करिश्मा बचाउ अभियान” मा जोडिन स्रो मगरले अनुरोध समेत गर्नुभएको छ ।

अमेरिकाबाट प्राप्त सहयोग संकलनको बिबरण तल दिइएको छ;

१७ श्रावण २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको