तपाईको लागि यो साता कति शुभ, कति अशुभ ? राशिफल हेर्नुहोस्


साउन १७, काठमाडौं | आज मिति २०७७ साल साउन महिनाको १७ गते शनिबार | तपाईको साप्ताहिक (साउन १७ देखि २३ गतेसम्मक) राशिफल हेर्नुहोस् |
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
जोश जाँगर र हिम्मत वढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पुरा नै होला, तर स्वास्थ्यमा समस्या आउन सक्छ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरणगरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता मनमा चञ्चलता बढ्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । चोटपटकको भयपनि छ, सचेत रहनुपर्ला । मंगलवारबाट आर्थिक उन्नति हुनुका साथै आय आर्जनका स्राते पनि बढ्नेछन् । श्री: वृद्धिका साथै कार्यप्राप्तिको योग पनि देखिन्छ । धार्मिक कार्यमा मनलाग्नेछ । यो साताका लागि शुभअङ्क १,४ र शुभरङ्ग कालो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो सातामा पारिवारिक सद्भाव बढ्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । साता नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । भाईको भेटघाटले मन प्रफुल्ल रहला । प्रेममा सफलता प्राप्त हुनुका साथै कार्यप्राप्तिका योग पनि देखिन्छन् । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग वैजनी वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक शुभफल मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो हप्तामा शुभकार्यको चर्चा चल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । कला साहित्यका क्षेत्रमा विशेष लगाव रहनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । यो साताका लागि शुभअङ्क ८,६ र शुभरङ्ग निलो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि विघ्नहर्ता गणेशजीको दर्शनगरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेमीको सहयोग मिल्नेछ । मध्य सातामा प्रेममा मनमुटाव रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग रातो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको स्मरण गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
मित्र जनको साथ सहयोग मिल्नुका साथै आमदानीका स्रोत बढ्ने छन् नयाँ कार्यको योजना बन्नेछ । । सफल र माइलो यात्राको योग रहेको छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । मध्य सातामा व्यर्थको सास्ति खेप्नु पर्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । यो साताका लागि शुभअङ्क १,२ र शुभरङ्ग घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता शुभकार्यको चर्चा चल्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । श्रमको उचित मुल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्यलाभका योगपनि देखिन्छन् । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग सेतो हो । शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक शुभफल प्राप्त हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । चिताएको कामले तीव्रता लिनेछ । अतिथिको रूपमा सत्कार पाइएला । साथीभाइबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरूगर्न सकिनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
रोकिएका काम पुनः सुरु हुन सक्छन् । छलफल र समारोहमा सरिक भईनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शुभकार्यको चर्चापनि चल्नेछ । साताको अन्त्यमा भने काम विगार्नेको सक्रियता पनि रहने देखिन्छ र अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग वा आकासे नीलो कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शनगरी आरम्भ गर्दा सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता सुरुका दिनमा बन्न लागेको काम अन्तिममा विग्रिने र झमेला आउन सक्छ । प्रेममा मनमुटावका साथै केहि अफ्ठ्यारा परिस्थितिको सामना गर्नुपरेपनि यो सातामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । यो साताका लागि शुभअङ्क २,४ र शुभरङ्ग गुलाबी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरे अधिक सफलता हात पर्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ला । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । धार्मिक यात्राको योगपनि छ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता शुभ र नयाँ कार्यको योजना बन्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कमाउन सकिएला । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । यो साताका लागि शुभअङ्क ४,५ र शुभ रङ्ग रातो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको भगवानको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल
977-9849559502
(अधिक जानकारीका लागि )

२०७७ श्रावण १७,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको