अमेरिकी राष्ट्रपतिले चीन, रूस, फ्रान्स र ब्रिटेनसँग गरे सहयोगका लागि हारगुहार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप

पुस २३, काठमान्डौ । इरान र अमेरिकाको तनाब बिचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले बुधबार राष्ट्रका लागि सम्बोधन गरेका छन् । उनले इरानलाई चेतावनी दिंदै भनेका छन् कि ‘जबसम्म म राष्ट्रपति हुन्छु तब सम्म इरानले परमाणु हतियार हाँसिल गर्न सक्ने छैन ।’

उनले इरानको मिसाइल हमलाबाट एक जना अमेरिकी पनि नमारिएको दाबि गरेका छन् ।

डोनाल्ड ट्रंपले भने, ‘ईरान अब पतन हुँदैछ, जो दुनियाको लागि धेरै राम्रो हो । ईरानले परमाणु हतियार बनाउने महत्वाकांक्षा छोड्नै पर्ने हुन्छ । ईरानले आतंकवादको समर्थन छोड्नै पर्छ । हामी ईरानसंग यस्तो समझौता गर्ने कोशिश गर्नेछौ कि जसले दुनियामा शान्ति स्थिरता कायम गरोस ।’

ट्रंपले भनेका छन् ‘ईरान एक अत्यन्त राम्रो देश हुन सक्थ्यो । इरानमा मध्य-पूर्वमै शान्ति तथा स्थिरता जब सम्म स्थापित हुन सक्दैन तबसम्म ईरानमा हिंसा जारी हुनेछ । विश्व एकजुट भएर ईरानको बिरुद्द यस्तो संदेश जारी गर्नु पर्ने हुन्छ कि ईरानले युद्द चलाइ रहे उसलाई अघि बढ्ने अधिकारबाट बन्चित गरिनेछ ।

ट्रंपले भने मध्य-पूर्वमा नाटोको भूमिका बढाउन आबस्यक छ । जनरल कासिम सुलेमानी पुरै विश्वमा सिविल युद्दको स्थिति पैदा गरिहेका थिए । उसको यस्तो प्रयासमा हाम्रा हजारौ सैनिक मारिएका छन् । ईरान हाम्रो सहायता गर्नुको सट्टा अमेरिकाको मृयुको माग गरिरहेको थियो । ईरान आतंकको बाटोमा अघि बढ्यो र न्यूक्लियर डील मार्फत पुरै इलाकाको नर्क बनाउने कोशिश गरिरहेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रंपले भने कि ईरानको बिरुद्द चीन, रूस, फ्रांस र ब्रिटेनले अमेरिकाको साथ दिन आबस्यक छ । ईरानी कमान्डर जनरल कासिम सुलेमानी अमेरिकाको बिरुद्द ठुलो षड्यन्त्र रचिरहेका थिए, उनले भने हामीले बगदादीलाइ पनि मारिदिएका थियौ ।

२३ पुष २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको