पत्रकार भीम चापागाँई रिहा


पुस २३, काठमाडौं । एक साता अघि पक्राउ परेका पत्रकार भीम चापागाँई रिहा भएका छन् । रातो खबर साप्ताहिक पत्रिकाका प्रवन्ध निर्देशकसमेत रहेका भीम चापागाईलाई आज प्रहरीले रिहा गरिएको हो ।

उनलाई प्रहरीले काठमाडौंको नक्सालबाट पौष १२ गते पक्राउ गरेको थियो । पत्रकार महासंघ लगायत विभिन्न पत्रकार संगठनहरुको दवावका कारण चापागाई आज रिहा भएका हुन् ।

गैरकानुनी रुपमा पक्राउ गरि थुनामा राखेको भन्दै रिहाइका लागि सर्वोच्व अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट समेत दायर गरिएको थियो ।

जनपत्रकार संगठनका केन्द्रीय सदस्य बिनोद श्रेष्ठले शुक्रबार सर्वोच्च अदालतमा बन्दीको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

२०७६ पुष २३,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको