थवाङ गाउँपालिकामा प्रजनन स्वास्थ्य सम्बन्धी जनप्रतिनिधिसंग अन्तरक्रिया



पौष २३, थवाङ रोल्पा । थवाङ गाउँपालिका स्थानिय पदाधिकारीहरुसँग प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया तथा योजना गोष्ठी कार्यक्रम सोमबार थवाङ सम्पन्न भएको छ । आइ पास नेपालको सहयोग एवम आधारभुत स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनमा गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकाका अध्यक्ष विर वहादुर घर्ती को अध्यक्षता तथा गा.पा उपाध्यक्ष रामकिरणी रोका मगर, प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकी, थवाङ गाउँपालिकाका ५ वटै वडाका वडा अध्यक्ष, वडा सदस्य गा.पा.मा कार्यरत कर्मचारी लगाएतको उपस्थित रहेको कार्यक्रमा सन्चालन आधारभुत स्वास्थ्य तथा सरसफाइ शाखाका प्रमुख तुल बहादुर पुनले गरेका थिए ।

गोष्ठीको सहजिकरण पास नेपाल जिल्ला शाखा रोल्पाकी प्रोगाम कोडिनेटर प्रज्ञा वलीले गरेकी थिइन् ।

थवाङ गाउँपालिकामा सुरक्षित गर्भपतनको अवस्था के कस्तो रहेको छ सुरक्षित गर्भपतनको बारेमा फैल्याइएका भ्रम र सत्य, गाउँपालिकामा वसोवास गर्ने समुदायमा सुरक्षित गर्भपतन सम्बन्धी ज्ञानको बारेमा स्वास्थ्य शाखा प्रमुख तुल बहादुर पुनले प्रस्तुत गरेका थिए । सुरक्षित गर्भपतन भनेको के हो ? सुरक्षित गर्भपतन गर्न पाउने अवस्था, सुरक्षित गर्भपतन सेवाको विधिहरु, यस्को कानुन बाटो के हो ?भन्ने बारेमा प्रज्ञा वलीले जानकारी दिएकि थिइन् ।

सुरक्षित गर्भपतन गर्नको लागि नेपाल सरकारको कानुनमा १२ हप्ता सम्मको गर्भ र २८ हप्ता सम्मको गर्भ गरी दुइ भागमा सुरक्षित गर्भपतन गराउन सक्ने प्रावधान बनाएको छ । कुनै कारण नचाहादा नचाहादै गर्भ रहेमा वा अन्य कारणले गर्भ रहे पश्चात गर्भ पतन गर्नु परेमा सुचिकृत संस्था र नेपाल सरकारले तोकेको चिकित्सकबाट मात्रै गर्भपतन गराउने नियम रहेको छ ।

समाजमा सुरक्षित गर्भपतन सम्बन्धी ज्ञानको कमीका कारण महिलाहरुले समस्या झेल्नु परेको गाउपालिका अध्यक्ष बिर बहादुर घर्तीले जनाए । कार्यकक्रमको समापन गर्दै उनले भने, महिलाहरु बोल्न हिचकिचाउने, भन्न नडाराउने जस्ता धेरै समस्याले गर्दा आफैलाई समस्या पारेको छ ।

घर्तीले कारणवस गर्भ रहेको र गर्भपतन गर्न चाहेमा नेपाल सरकारको कानुनमा रही सुरक्षित गर्भपतन बारे सचेतना जगाउन सबैलाई आग्रह गरेका थिए ।

२०७६ पुष २३,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको