रोल्पामा क्वारेन्टाइनमा बसेका एक पुरुषद्वारा आत्महत्या


असार १७, रोल्पा | रोल्पामा क्वारेन्टाइनमा बसेका एक पुरुषले आत्महत्या गरेका छन् | जिल्लाको गंगादेव गाउँपालिका वडा -५ का ३४ वर्षीय पुरुष बुधबार बिहान क्वारेन्टाइनमै झुण्डिएको अवस्थामा फेला परेका हुन् |

उनी गुँरासेतारा प्रावीको क्वारेन्टाइन बस्दै आएका थिए | मृतक असार १० गते मात्र युएईबाट फर्किएको गंगादेव गाउँपालिकाका प्रशासकीय अधिकृत सकलदेव यादवले पोष्टपाटीलाई जानकारी दिए |

यादवका अनुसार मृतकको स्वाब संकलन गरी परिक्षणका लागि पठाइने तयारी भैरहेको छ | उनले के कति कारणले आत्महत्या गरे भन्नेबारे खुल्न सकेको छैन | घटनाबारे अनुसन्धान गर्न प्रहरी घटनास्थल पुगेको यादवले जानकारी दिए | मृतक ४-५ महिनाअघि मात्रै युएई गएका थिए |

२०७७ असार १७,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको