पूर्वमन्त्री बाँस्कोटाको घरमा विष्फोट गराएको आरोपमा विप्लव समुहका जिल्ला इञ्चार्ज पक्राउ


असार १७, काठमाडौं । पूर्वसूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भक्तपुर प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका भक्तपुर जिल्ला इञ्चार्ज विजय शाही भनिने ऐनबहादुर शाहीलाई पक्राउ गरेको हो।

उनलाई महानगरीय प्रहरी वृत्त, ठिमीमा राखिएको छ । यसअघि २८ फागुनमा मनहरा फाँटस्थित बाँस्कोटाको निर्माणाधीन घरमा विप्लव समूहले विष्फोट गराएको थियो । घटनामा संलग्नताको आरोपमा त्यतिवेलै चार जना पक्राउ परेका थिए ।

तीमध्ये एक जना संलग्नता पुष्टि नभएपछि छुटेका छन् भने तीन जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

२०७७ असार १७,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको