निर्वाचन आयोगमा कसले दर्ता ग-यो ‘नेकपा एमाले’ ?


असार १७, काठमाडौं । नेकपाभित्र सरकार तथा पार्टी सञ्चालनको विषयलाई लिएर विवाद भइरहेका बेला निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि निवेदन परेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेर दर्ता भएपछि नेकपा एमाले नामको दल हाल आयोगमा दर्ता छैन ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि आयोगमा निवेदन प्राप्त भएको जानकारी दिए । ‘आयोगमा नेकपा एमाले नामको दल दर्ताका लागि निवेदन आएको छ, सोबारे थप विषय जाँचबुझकै क्रममा छ,’ आयोगका प्रवक्ता श्रेष्ठले भने ।

प्रवक्ता श्रेष्ठका अनुसार नयाँ दल दर्ताका लागि सोमबार आयोगलाई प्राप्त निवेदनमा पार्टी अध्यक्षको नाम सन्ध्या तिवारी उल्लेख छ । उनी झापाकी स्थायी बासिन्दा हुन् । आयोगका प्रवक्ता श्रेष्ठले पुराना दुई दलबीच एकीकरण भएपछि सो नाममा अन्य कुनै दल दर्ता नभएको र एकीकरणको एक वर्षसम्म सोही नाममा अन्य कुनै पनि व्यक्तिले दल दर्ता गर्न नपाइने कानुनी व्यवस्था रहेको बताए ।

तर, पुराना दुई दल तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको एक वर्ष बितिसकेकाले आवश्यक कागजात ल्याएर प्रक्रिया पु-याए सो नाममा दल दर्ता हुन सक्ने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । यो समाचार राजधानी दैनिकमा छ |

२०७७ असार १७,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको