राजनीतिक परामर्शका लागि प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए


असार १७, काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । मंगलबार पार्टीको स्थायी समिति बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि बुधबार बिहान प्रधानमन्त्री ओली राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बोलाएका हुन् ।

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओलीले आफूहरुलाई ८ बजे बालुवाटार बोलाएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्री पदबाट हटाउन भारतसहित आफ्नै देशका नेताहरु लागि परको भन्ने अभिव्यक्ति दिएपछि प्रमाण माग गर्दै सचिवालयका पाँच प्रमुख नेताहरूले स्थायी कमिटी बैठकमै उनको राजीनामा मागेका थिए ।

२०७७ असार १७,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको