महेन्द्र भृकुटी रोहिणी शाह कप लोकनृत्य प्रतियोगिता सम्पन्न [फोटो फिचर]

पुस १७, ललितपुर । ललितपुर महानगरपालिकामा सामुदायिक बिद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । ललितपुरमा रहेको महेन्द्र भृकुटी माध्यामिक बिद्यालयको आयोजनामा ‘महेन्द्र भृकुटी रोहिणी शाह कप लोकनृत्य प्रतियोगिता-२०७६’ भएको हो ।

कार्यक्रमको प्रायोजक बिद्यालय ब्यबस्थापन समितिका सल्लाहकार तथा नास्टका प्राज्ञ डा. ऋषिबिक्रम शाहले गरेका थिए । डा. शाहकि आमा रोहिणी शाहको स्मृतिमा कार्यक्रमको प्रायोजन गरेका थिए ।

महानगरपालिका बिद्यालय स्तरीय प्रतियोगिता कार्यक्रमको प्रमुख अतिथि मेयर चिरीबाबु महर्जन रहेका थिए । विशिष्ट अतिथिहरुमा उपमेयर गीता सत्याल तथा अन्य जनप्रतिनिधि, नास्टका प्राज्ञ डा. ऋषिबिक्रम शाह लगायतका व्यक्तिहरु रहेका थिए ।

ललितपुर महानगर पालिका भित्रका १८ वटा सामुदायिक बिद्यालयले लोक नृत्य प्रतियोगितामा भाग लिएका थिए । १८ बिद्यालयलाई पछिपार्दै श्रमजित किसोर मावि लुखुसी ललितपुरले पहिलो स्थान हाँसिल गरेको थियो । त्यसैगरी महेन्द्र भृकुटी माध्यामिक बिद्यालय ललितपुरले दोश्रो स्थान हाँसिल गरेको थियो भने आदर्श शौल मावि बुङ्गमति ललितपुरले तेस्रो स्थान प्राप्त गरेको थियो ।

पहिलो हुने प्रतियोगीहरुलाई नगत १५ हजार पुरस्कारका साथै मेडल र कप प्रदान गरिएको थियो । त्यसैगरी दोश्रो स्थान प्राप्त गर्ने प्रतियोगीलाई १० हजार र तेस्रो स्थान प्राप्त गर्ने प्रतियोगीहरुलाई ५ हजारका साथै मेडल र कप प्रदान गरिएको थियो ।

पदम प्रकाश माध्यामिक बिद्यालय धापाखेल ललितपुर र बालकुमारी माध्यामिक बिद्यालय सुनाकोठी ललितपुरलाई सान्तोना स्वरुप २/२ हजार पुरस्कार प्रदान गरिएको थियो ।

सामुदायिक बिद्यालय स्तरको यस्तो कार्यक्रम पहिलो भएको बिद्यालयले जनाएको छ ।

हेर्नुहोस कार्यक्रमक दृश्यहरु:

प्रतिक्रिया दिनुहोस