हेटौंडा राजधानीः नेकपाका सांसदलाई ‘सकस’


पुस २१, काठमाडौं । सत्ताधारी नेकपा सचिवालयले हेटौंडालाई प्रदेश ३ को राजधानी बनाउने निर्णय गरेपछि सो पार्टीका कतिपय सांसदलाई यसको पक्षमा बोल्ने कि विपक्षमा सकस भएको छ ।

त्यसैले, हेटौडामा प्रदेश ३ को नेकपा संसदीय दल बैठक तीन दिनसम्म चल्यो तर, राजधानीबारे निर्णय हुन सकेन ।

नेकपा प्रदेश प्रमुख सचेतक रामेश्वर फुँयालले बैठकले प्रदेश राजधानीबारे निर्णय गर्न नसकेको बताए । सांसदहरुले प्रदेश राजधानीका विषयमा हेटौंडाको पक्ष र विपक्षमा बोलेको छन् ।

धेरै सांसदलले प्रदेश राजधानी हेटौंडा हुने र पार्टी केन्द्रीय सचिवालयको निर्णय आफूहरुले मान्ने बताएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

२१ पुष २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको