नगरको प्रकोप व्यवस्थापन कोषमा सहकारीको ५० हजार रुपैयाँ सहयोग


चैत १९, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले स्थापना गरेको स्थानिय तह प्रकोप व्यवस्थापन कोषमा अरनिको बचत तथा ऋण सहकारी संस्थाले ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

बुधवार बसेको विपत व्यवस्थापन समितिको बैठकले वैंकमा ‘स्थानिय तह प्रकोप व्यवस्थापन कोष’ नामको खाता संचालनमा ल्याउने निर्णय गरेको हो । नगरको निर्णय लगतै सहकारीको बैठक बसी उक्त रकम सहयोग गर्ने निर्णय भएको सहकारीका अध्यक्ष नारायण भाटले बताउनुभयो । सहयोग रकम विहिवार उक्त खातामा जम्मा गर्ने तयारी भएको भाटले बताउनुभयो ।

कोरोना भाइरस प्रकोपको रुपमा निम्तिएको भन्दै यसलाई स्थानिय सरकारले मात्र नियन्त्रणमा ल्याउन नसक्ने भएकोले नगरले कोष स्थापना गरेको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । नगरले विपत व्यवस्थापनको लागि १० लाख रुपैयाँ बजेट राखेको भएपनि यस वर्ष यस उक्त रकमले अपुग हुने अधिकारीको भनाई छ । अन्य शिर्षकको वजेटलाई स्थानातरण गर्ने तयारी भएको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो । “

नगरपालिकाले केहि रकम उक्त कोषमा जम्मा गर्ने छ, पौडेलले भन्नुभयो “यो विपतको बेला सवैको सहयोग आवश्यक छ,कोषमा सक्दो सहयोग गर्नुहोस, ।” कोषको खाता नम्वर विहिवार सार्वजनिक गरिने उहाँले बताउनुभयो । कोषमा रहने रहने रकमले अतिविपन्न परिवारको पहिचान गरि राहत वितराण,क्वारेन्टाइन संचालन,विरामीहरुको हेरचाँह लगाएतका कामहरु गरिने नगरको योजना छ ।

शिवराज नगरपालिकाले नगरभित्र रहेका अतिगरिव विपन्न परिवारको लगत संकलन गरिरहेको नगरप्रमुअ अधिकारीले बताउनुभयो । दैनिकि मजुदूरीमा काम गर्ने नागरिकहरुलाई लक्षित गरि राहतको प्याकेज बनाउने तयारीमा रहेको उहाँ बताउनुभयो ।

त्यस्तै उक्त कोषमा उज्यालो बचत तथा ऋण सहकारीले रु १५ हजार,दिपाली निर्माण सेवाले रु ११ हजार,व्यापारी नारायण भाट द्धारा रु १० हजार सहयोग गर्ने जनाएका छन् । शिवराज नगरपालिकामा रहेको क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई ग्यालेक्सी वाटर सप्लायर्सले निशुल्क खानेपानीको व्यावस्था गर्ने भएको छ ।

सप्लार्यसका संचालक विष्णु हमालले क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई शुद्ध पानीको अभाव हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

१९ चैत्र २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको