चैत १९, दाङ । तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियर पवन योगी र पत्नि एलजीना दाहाल योगीले मेयर विपद कोषलाई ४० हजार आर्थिक सहयोग गरेका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसवाट जोगिन सरकारले चैत ११ गतेदेखि २५ गतेसम्म जारी गरेको लक–डाउनका कारण श्रम गरेर खाने बर्गलाई खाद्यान्न उपलब्ध गराउन सहयोग पुगोस भनेर योगी दम्पत्तिले उक्त सहयोग गरेको हुन ।
नौं दिनदेखिको लक–डाउनका कारण श्रम गरेर साँझ विहानको गर्जौ टार्ने श्रमिक बर्ग समस्यामा परेको खवर आएको हुँदा उनीहरुलाई खाद्यान्न वितरण गर्ने उदेश्यले गठित ‘मेयर राहात कोष’मा आफुले ४० हजार रकम दिने निर्णय गरेको इञ्जियिनर योगीले जानकारी दिए ।
‘यो विषम परिस्थितिमा सबैले हातेमालो गर्न जरुरी छ,’ योगीले भने ‘कोरोनालाई हराउन सबैले सावधानिपूर्वक लडक आवश्यक छ।’
प्रतिक्रिया दिनुहोस