चैत १९, काठमाडौँ । चीनको हुबेई प्रान्तको राजधानी वुहानमा सिचुवानबाट पुगको स्वास्थ्यकर्मीको अन्तिम टोली फर्किएको छ ।
अब हुबेई प्रान्तमा चीनका विभिन्न ठाउँबाट गएका स्वास्थ्यकर्मीका सबै टोली फर्किएका छन् ।
चिनियाँ जनमुक्ती सेनाको स्वास्थ्य अभियान अन्तरगत हुबेई गएको टोली सिचुवान फर्किएको हो । सिचुवान प्रान्तको चोङजिङ जिङ्गबेइ अन्तर्राष्ट्रिय विमानस्थलमा वुहानको अन्तिम स्वास्थ्यकर्मीको टोलीलाई भव्य स्वागत गरिएको हो ।
हुबेई बाहिरबाट गएको अन्तिम टोलीले मार्च २९ मा आफ्नो सबै काम सम्पन्न गरेको थियो ।
प्रतिक्रिया दिनुहोस