कतारमा क्वारेण्टाइन र आइसोलेसनमा रहेका श्रमिकका लागि खुशीको खबर


चैत्र १९, काठमाडौं । कतारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि क्वारेण्टाइनमा बस्नु परेका तथा आइसोलेसनमा राखिएका श्रमिकले पुरा तलव पाउने स्पष्ट गरेको छ ।

कतारको श्रम तथा सामाजिक मामिला मन्त्रालयले श्रमिकलाई पुरा तलव दिनु अनिवार्य रहेको भन्दै हरेक कम्पनीहरु तथा रोजगारदाताहरुले कानून पालना गर्नुपर्ने बताएको छ ।

कतारको यो निर्णयले कतारमा कार्यरत नेपाली श्रमिकले पनि लाभ लिन सक्नेछन् । ‘हामीलाई थाहा छ की उनीहरु (श्रमिक) लाई क्वारेण्टाइन वा आइसोलेसनमा राखिएको भनेको हामी सवैलाई सुरक्षित राख्नका लागि नै हो, मन्त्रालयका सहायक उपसचिव मोहम्मद हसन अल ओर्वाइद्लीले मंगलवार आयोजित पत्रकार सम्मेलनमा भने ‘कम्पनीहरुले उनीहरुको सम्पूर्ण खर्च व्यहोर्नु पर्दछ ।’

कतारले विशेषगरी साना तथा मझौला व्यवसायीलाई वर्तमान संकटको समयमा श्रमिकलाई तलव भुक्तानीका लागि ३ अर्व कतारी रियाल बरावर उपलव्ध गराउने निर्णय गरेको छ । जुन वैंकहरु मार्फत ऋणका रुपमा लिन सकिन्छ । तर सो रकम व्यवसायीले नगद निकाल्न पाउने छैनन् किनकी श्रमिकको खातामा बैंकले सोझै भुक्तानी गरिदिने मन्त्रालयले स्पष्ट पारेको छ ।

हाल कतार बाहिर रहेका श्रमिकको हकमा भनें उनीहरुले कम्पनीका लागि काम गर्नु नपरेका कारण उनीहरुले वेतलवी विदा पाउनेछन् ।

र यो पनि पढ्नुस

कतारमा श्रमिकका लागि हटलाइन सुरु, ९२७२७ मा फोन वा एसएमएस गरेर गुनासो दर्ता गर्न सकिने

कतारले श्रमिकको गुनासो सुन्न हटलाइन सुरु गरेको छ । श्रमिकका कुनै गुनासो भएमा ९२७२७ मा फोन वा एसएमएस गरेर आफ्नो गुनासो दर्ता गर्न सकिने द पेनन्सुला, कतारले जनाएको छ ।

श्रमिकका गुनासो समाधान गर्ने उद्देश्यले हटलाइनको व्यवस्था गरिएको कतारको श्रम सम्वन्धि विषय हेर्ने मन्त्रालयले जनाएको छ ।

यसैवीच कतारले मुलुक बाहिर रहेको अवस्थामा कतारको आवासिय अनुमति पत्रको म्याद सकिएमा कोरोना भाइरसको महामारीको समयावधिका लागि स्वतः नविकरण हुने भएको छ । त्यसरी कतार बाहिर रहेका श्रमिक महामारी सकिएपछि सहज रुपमा कतार आउन सक्ने र उनीहरुले कुनै जरिवाना तिर्नु नपर्ने व्यवस्था कतारले गरेको छ ।

२०७६ चैत्र १९,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको