कार्यालय प्रमुख र ठेकेदारको लापरवाहिले लाईन जडानमा ढिलाई


फागुन १८, बझाङ । बझाङको जयपृथ्वी नगरपालीका वडा नँ ७ मा रहेको धम्नाँउमा नेपाल बिध्युत प्राधिकरण बझाङ शाखाका प्रमुख राकेश भट्ट र निर्माणको जिम्मा पाएको रकाल कन्टक्सनका ठेकेदार दिनेश बिष्टको लापरवाहिका कारण लाईन जडानमा ढिलाई भ

लाईन जडानको काम लगभग ९९ प्रतिसत सकिएको भएतापनी लाईन बिस्तार भएको डेड महिना बितिसक्दापनी अहिले गाँउमा बिजुली बल्न सकेको छैन ।

जयपृथ्वी नगरपालीका वडा नँ ७ स्थानिवासी गणेश वोहराका अनुषार लाईन बिस्तार भएको डेड महिना बितिसक्दापनी गाँउमा लाईन जडान कार्यमा आलटाल गरेको बताए ।

त्यस्तै अर्का श्रीकृष्ण वोहराका भने गाँउमा बिजुली आउने भो भनेर लाईन बिस्तार गर्ने कार्यमा हामी सवै गाँउलेहरु मिलेर पोलीङ लाईन तान्ने काममा सहयोग गर्यौ गाँउमा बिजुली बाल्ने भयौ भनेर वडा कार्यालयवाट सिफारिस पनी लियौ बिध्युत अफिसमा लाईन जडानका लागी पटक पटक धाएपनी हाकीम सापले कहिले कर्मचारीको अभाव त कहिले ठेकेदारलाई भन्नुहोस, एक दुई दिनमै भै हाल्छ, तपाईहरु जनुहोस, काम भै हाल्छ, भनेर आलटाल गर्ने गरेको बताए ।

लाईन बिस्तारको जिम्मा पाएको रकाल कन्टक्सनका ठेकेदार बिस्टका उनुषार कहिले कामदारको अभावका कारण गाँउमा बिजुली वाल्ने काम अली ढिला भएको बताए ।

यस बिषयमा कुराकानी गर्दा बिध्युत प्राधिकरण सुदुरपश्चिम प्रदेश, प्रादेशिक प्रमुख सतिस कुमार कर्णका अनुषार बिध्युत प्राधिकरण बझाङ साखाका प्रमुख राकेश भट्ट सँग यो बिषयमा कुराकानी गरेर पहल चाल्ने बताए ।

जिल्लामा राष्ट्रिप प्रशारण लाईन जडान भएको दुई वर्ष बितिसकेकमे भएता पनी बझाङको सदरमुकाम चैनपुर नजिकै जोडिएको गाँउका स्थानियवासिन्दाहरु अन्धकारमा बस्न बाध्य भएका छन ।

जयपृथ्वी नगरपालीकाको सुवेडा, खगेडा, ज्वाडा, छयाला, कैलास पिमी, सुईल मयानाका वासिन्दाहरु अन्धकारमा वस्न वाध्य भएका छन ।

२०७६ फाल्गुन १८,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको