खुल्यो नेपाली सेनाको सुपथ मूल्य पसल


फागुन १८, काठमाडौं । नेपाली सेनाको सुपथ मूल्य पसल संचालनमा आएको छ । आइतबार एक कार्यक्रमका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले जंगी अड्डाको हाताभित्र नव निर्मित पसलको उद्घाटन गरे।

सैनिक कल्याणकारी योजना अन्तर्गत स्थापना भएको बसुन्धारा क्यान्टिनलाई सुपथ मूल्य पसलका रुपमा संचालनमा ल्याइएको सेनाले जनाएको छ।

पहिलो चरणमा काठमाडौं उपत्यकामा र क्रमशः बाहिरी जिल्लाहरुमा पनि सैनिक कल्याणकारी कोषको लगानीमा गैर नाफामूलक उद्देश्यले सहुलियत पसल संचालन गर्ने योजना रहेको सेनाले जनाएको छ।

उपत्यका पृतना हेर्डक्वाटर वीरेन्द्र अस्पताल र नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा थप सहुलियत पसल संचालनका क्रममा छन्।

सेनाका अनुसार यी सहुलियत पसलमा सैनिक पोशाकहरु, दैनिक उपभोग्य सामान, लत्ता कपडा, ग्रोसरी, खाद्य वस्तु, विद्युतीय उपकरण, खेलकुदका सामान, स्टेशनरी, होम अप्लाइन्सका सामान, सौन्दर्य तथा औषधोपचारका सामान, दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधन समेत उपलव्ध हुनेछ। आर्थिक कारोबारलाई पारदर्शी र सहज रुपमा संचालन गर्ने व्यवस्था मिलाइएको छ।

सुपथ मूल्य पसलबाट नेपाली सेनाको सैनिक कल्याणकारी कोषका हिताधिकारीहरु, सैनिक कल्याणकारी कोषबाट तलब भत्ता खाने करारमा नियुक्त गैर सैनिक कर्मचारीहरु (करारमा रहँदासम्म), रक्षा मन्त्रालयमा स्थायी दरवन्दी भएका निजामती कर्मचारीहरु (मन्त्रालयमा दरवन्दी रहुन्जेलसम्म) र सैनिक विद्यालय तथा महाविद्यालय, शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन्।

२०७६ फाल्गुन १८,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको