‘राेल्पाका तेजमान मुद्दाकाे लागि अदालत धाउन थालेको ४० वर्ष भयो’


फागुन १८, रोल्पा । रोल्पाकाे त्रिवेणी गाउँपालिका ६ जुगारका तेजमान ओली अदालत धाउन थालेको ४० वर्ष भयो ।

पहिलो पटक मुद्दा पर्दा उनी ३९ वर्षका हट्टाकट्टा थिए। मु’द्दा लड्दालड्दै उनकाे कपाल फुल्याे, अनुहार चाहुरी पर्‍याे, आँखा पनि राम्रोसँग देख्न नसक्ने भए । तर, मु’द्दाकाे झमेला अझै सकिएकाे छैन।

७९ वर्षका उनी बुढाे शरीर लिएर अझै पनि मु’द्दा लड्दै छन्। पिठ्यूमा मैलो झोला, हातमा लौरो अनि बैशाख-जेष्ठको गर्मी होस् वा पुस-माघको कठाङ्ग्रीने जाडो सदावहार खुट्टामा चप्पल उनको पहिचान हो। सदरमुकाम लिवाङमात्र हैन दाङकाे तुल्सीपुरमा रहेको उच्च अदालतदेखि काठमाडाैंको सर्वोच्च अदालतसमेत पटकपटक धाएका उनलाई धेरै कानुन व्यवसायीहरुले चिने, तर कानुनले भने चिन्ने नसकेकाे छैन।

पहिलो पटक गाउँकै हरिभक्त खड्काले तेजमानलाई जग्गा खोसेको र ३ लाख रुपैयाँ लुटेको आराेपमा दाङ र कैलालीको जिल्ला अदालतमा मु’द्दा हाले। रोल्पाबाट दाङ नजिकै भएपनि कैलाली टाढा थियाे। कैलाली प्रतिउत्तर लगाउन जाँदा निकै दुःख पाएको तेजमानले सुनाए।

२०४७ सालमा नापी हुँदा उनको सबै जग्गा दर्ता हुन छुटेछ। अमिनले मागेको घुस नदिदा जग्गा दर्ता गर्न छुटेकाे उनले बताए। पछि आधा जग्गा दर्ता भयो। ‘अझै आधा जग्गा दर्ता हुन बाँकी छ,’ तेजमानले भने, ‘नापीको बेला म घरमा थिइन। ८३ वर्षिया आमासँग कागजात मागेर गाउँका फटाहाले जालझेल गरेर जग्गा नापी नक्सामा छुटाइदिएछन्।’

सर्वोच्च अदालतमा परेको मु’द्दाको शिलशीलामा उनी काठमाडाैं जाँदा अधिकांश ठाउँ पैदल यात्रा गर्थे। ‘रोल्पाबाट काठमाडाैं पुग्दा १ हप्ता लाग्थ्यो,’ तेजमानले भने। कतिपय ठाउँ गाडी चढ्थे भने अधिकांश ठाउँ पैदल यात्रा गर्थे उनी। ‘कमाई गर्ने समय मु’द्दामामिला गर्दैमा बित्दा घरको आर्थिक अवस्था पनि कमजोर भयो,’ उनले भने, ‘घरमा छोराबुहारी भएपनि जग्गाजमिन मेरो नाममा छ। मु’द्दा पनि म आफैं लडिरहेको छु।’

छोराबुहारी कानुन नजान्ने भएकाले आफूले बुढेसकालमा पनि यस्तो दुखः व्यहोर्नु परेको तेजमानको बुझाई छ। कानुन बुझ्दैनन्, सोझा छन्। त्यसैले म आफैं बुढो शरीर लिएर हिड्नु परेको छ,’ तेजमानले भने ।

अहिले उनको एउटामात्रै मुद्दा छ। गाउँकै भक्तवीरसँगको मु’द्दामा पनि उनी जिल्ला, उच्च हुँदै सर्वोच्च पुगे। सर्वोच्च अदालतले जग्गा बदरको मु’द्दा जिल्ला अदालतमै फर्काइदियो तेजमानले बताए। ‘कानुनबमोजिम गर्नु भनेर जिल्ला अदालतलाई आदेश दिएका कारण मैले जग्गा दर्ता बदर गरी पाउँ भनेर मु’द्दा हालेको छु,’ तेजमानले भने, ‘जिल्ला न्यायधीशले मिलापत्र गरेर टुंग्याउदा राम्रो हुन्छ भन्नु भएको छ।’

मु’द्दा न टुंगिदै मरिन्छ कि भन्ने चिन्ता छ तेजमानलाई। ‘सकेसम्म मिलापत्र गरेर मिलाउन पाएँ हुन्थ्यो भन्ने लागेको छ। तर, मिलापत्रमा सहयोग गरिदिने कोही छैनन्,’ तेजमानले भने।

– महेश न्यौपाने/ नेपाल लाइभ

२०७६ फाल्गुन १८,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको