कांग्रेसमा बढ्दै कलह, सभापति देउवाद्वारा एकलौटी विभाग गठन


फागुन १८, काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले नियमित कार्यकाल सकिनु दुई दिनअघि शनिवार एकपक्षीय रूपमा विभाग गठन गरेपछि आन्तरिक विवाद चर्किएको आजको कान्तिपुर दैनिकले खबर छापेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको असहमतिका बीच देउवाले विभाग गठन गरेका हुन् । विधानविपरित विभाग गठन गरेर महाधिवेशन प्रभावित पार्न खोजेको आरोप संस्थापनइतरका नेताहरूले लगाएका छन् ।

देउवाले पाँच जनालाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गरेकामा समेत पौडेल पक्षको आपती छ ।

विभाग गठन हुनासाथ वीरगंजको कार्यक्रममा रहेका वरिष्ठ नेता पौडेल. महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, सुजाता कोइराला, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजालसहितका नेताहरूबीच त्यही आकस्मिक भेला भएको थियो । भेलाले विभाग गठनलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

२०७६ फाल्गुन १८,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको