१९ लाख घुससहित सडक डिभिजनका प्रमुख र इन्जिनियर पक्राउ


पुस १८, काठमाडौँ । सडक डिभिजन कार्यालय लहान सिरहाका प्रमुख, इन्जिनियर र सबइन्जिनियर घुससहित पक्राउ परेका छन् ।

उनीहरुलाई कार्यालयबाट शुक्क्रबार साँझ  प्रहरीले पक्राउ गरेको हो । कार्यालय प्रमुख विनोद साहलाई ३ लाख, इन्जिनियर नविनकुमार साह र सबइन्जिनियर विरेन्द्र कुमार साहलाई १५ लाख ९६ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवासका प्रमुख नारायण प्रसाद सापकोटाले जानकारी गराए ।

उनीहरुले निर्माण व्यवसायीसँग सडक निर्माणको कामका लागि कमिशन स्वरुप रकम माग गरेको बुझिएको छ । तीनजनालाई शुक्रबार नै वर्दिवास लगिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवासले जनाएको छ ।

१८ पुष २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको