अन्तत: चितवन छाड्न ‘बाध्य’ भए एसपी दानबहादुर मल्ल


पुस १८, काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णयानुसार सरुवा भएको २ हप्तापछि प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले चितवन छाडेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुख रहेका मल्लले शुक्रबार प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई चार्ज बुझाएर सरुवा भएको ठाउँका लागि रवाना लिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रहेका एसपी मल्लले डीएसपीलाई चार्ज बुझाएको ३ नम्बर प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

एसपी मल्लको पुस ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको थियो । सरुवा भएको दुई हप्तासम्म पनि जिल्ला नछाडेपछि मल्लको चर्को आलोचना भएको थियो ।

मल्लको स्थानमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई सरूवा गरेको छ । बुधबार मात्रै ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले मल्ललाई १२ घन्टे अल्टिमेटम दिएको थियो ।

२०७६ पुष १८,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको