‘नेपालमा कोरोना भाइरसको संक्रमण छैन, जथाभावी नलेखौँ’


माघ १८, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयका सचिव केदार बहादुर अधिकारीले नकारात्मक समाचारका कारण पर्यटकहरु बिच्किने गरेको बताएका छन् ।

कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा आयोजित छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेपालमा कोरोनाको संक्रमण नदेखिएपनि नकारात्मक खवरहरुले पर्यटन क्षेत्रलाई असर गरेको गुनासो उनले गरे ।

‘नेपालमा एक जनालाई कोरोना भएको पुष्टि भएको थियो । उहाँ पनि उचारबाट फर्किनुभएको छ । अन्य ५ जनामा आशंका गरिएको थियो तर सबैमा नेगेटिभ देखियो । नेपालमा कोरोनाको प्रभाव छैन्’, उनले भने, ‘तर समाचारमा फलाना होटलको यति बुकिङ क्यान्सिल, यति प्रतिशत व्यापार घट्यो भन्ने जस्ता नकारात्मक समाचारले नराम्रो सन्देश गएको छ ।’

समाचारको उद्देश्य राम्रो भएपनि यसबाट पर्यटकहरुमा नेपालमा भ्रमण गर्न सुरक्षीत छैन भन्ने सन्देश जाने उनले बताए । चीनले समेत वुहानबाहेक अरु ठाउँ सुरक्षीत रहेको र नेपालमा जस्तो पर्यटकको संख्या यतिले घट्यो, आउन छोडे भन्ने खालका समचार नआएको बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले सहि र तथ्यगत सूचना आदानप्रदान अहिलेको आवश्यकता भएको बताए ।

सबैमाझ सहि सूचना आदानप्रदान गर्ने र नेपाल नाउ डट ओआरजी नामक वेवसाईटलाई एक्टिभ गरी हरेक गतिविधि, नेपालमा रहेका पर्यटकहरु आफैले आफ्नो मनमा लागेका कुरा राख्न पाउने गरी व्यवस्था गर्नुपर्ने उनले बताए । ‘प्रेस रिलिजले मात्रै अब काम गर्दैन् । विभिन्न ७, ८ वटा जानकारी मूलक सूचनाहरु राखेर इन्फेग्राफिक्स नै प्रकाशनमा ल्याउनुप¥यो । नेपालमा कोरोना भाइरसको खतरा छैन् । चीन र नेपालको दुरी यति हो । जस्ता जानकारी दिने गरी प्रकाशन गर्नुप¥यो ’, उनले भने ।

चीनको वुहान क्षेत्रबाट देखिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न मुलुकहरुमा फैलिसकेको छ ।

नेपालमा एकजनामा कोरोनाको संक्रमण देखिएपनि उनी उपचारबाट फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्गमा समेत विशेष निगरानी बढाएको जनाएको छ ।

२०७६ माघ १८,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको