बिद्यालय हरियाली बनाउन एक बिद्यार्थी एक बिरुवा रोपन

तस्बिर: बिद्यालयमा ओखर रोपन

माघ १८, रोल्पा । रोल्पा गंगादेवमा रहेको सिद्दार्थ नमुना मावि घोप्टेओढारमा ‘एक बिद्यार्थी एक बिरुवा, एक शिक्षक एक बिरुवा’ कार्यक्रम सम्पन्न भएको छ । १७ गते सुक्रबार प्रत्यक शिक्षक र बिद्यार्थीले एक एक वटा ओखरको बिरुवा रोप्ने कार्य सम्पन्न भएको हो ।

बिद्यालयलाई हरियाली बातावरण बनाउनुका साथै उत्पादन मुलक बनाउन ‘एक शिक्षक एक बिरुवा, एक बिद्यार्थी एक बिरुवा र एक अभिभावक एक बिरुवा’ कार्यक्रम तय भएपनि ओखरको बिरुवा अभावका कारण शिक्षा बिद्यार्थीहरुले मात्रै बिरुवा रोपन गरेको बिद्यालयका शिक्षक प्रेम बहादुर वलीले बताए ।

बिद्यार्थीहरुको सुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत ओखरको बिरुवा रोप्ने कार्य सम्पन्नन भएको छ । यस्तो कार्यक्रमलाई निरन्तरता दिने अभियान संयोजक समेत रहेका शिक्षक ओलीले जानकारी दिए ।

२०७६ माघ १८,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको