दाङमा यसरी पक्राउ परे १३ लाख फिरौती माग्ने रोल्पाका एक व्यक्ति


पुस १६, दाङ । दाङ घोराहीका एक जना व्यक्तिलाई डर-धम्की दिँदै १३ लाख फिरौती माग्ने व्यक्ति पक्राउ परेका छन् ।

रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका वडा नं. ५ राङकोटका ३४ वर्षीय राजकुमार दमाईलाई प्रहरीले कटुवा पेस्तोलसहित फिरौतीको रकम बुझ्दैगर्दा बुधबार पक्राउ गरेको हो ।

दमाईले एक साता अगाडिदेखि घोराही उपमहानगरपालिका वडा नं. १५ बिपी चोकका एक जना ४८ वर्षीय व्यक्तिलाई डर त्रास देखाउँदै १३ लाख फिरौती रकम माग्दै आएका थिए ।

पीडित व्यक्तिले सो कुरा दाङ जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईलाई जानकारी दिए । प्रहरीको योजना अनुसार सम्बन्धित व्यक्तिले बुधबार बेलुका पहिलोपटक तीन लाख रुपैयाँ दिने भन्दै नक्कली पैसाको गड्डी तयार पारेर फिरौती माग्दै आएका रोल्पाका दमाईलाई बोलाए।

त्यही तीन लाख नक्कली रकमको गड्डी फिरौती बुझ्दै गर्दा जिल्ला प्रहरीको विषेश टोलीले दमाईलाई बेलुका घोराहीबाट पक्राउ गरेको छ ।

दमाईको साथबाट एक थान नलकटुवा पेस्तोल र त्यसमा लोड गरिएको एक थान गोली तथा उनले प्रयोग गरेको एउटा मोटरसाइकल समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले बताएको छ ।

२०७६ पुष १६,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको