पुस १६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच अंग्रजी नयाँ बर्ष २०२० को शुभकामना आदानप्रदान भएको छ ।
ओली र मोदीबीच टेलिफोन वार्तामा नयाँ वर्षको शुभकामना आदानप्रदान भएको हो । प्रधानमन्त्री ओलीले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै मोदीसँगको फोन वार्तामा नयाँ वर्ष २०२० को शुभकामना आदान प्रदान गरेको जनाएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपाली र अंग्रेजी दुवै भाषामा लेखेका छन् ‘श्री नरेन्द्र मोदीजीसँग मेरो फोन वार्ता भयो । हामीले नयाँ बर्ष २०२० को शुभकामना आदानप्रदान गर्यौं ।’
प्रधानमन्त्री ओलीले २०१९ दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन सफल रहेको र बाँकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्याउन सन् २०२० सफल रहनेमा दुवै नेताले विश्वास लिएको उल्लेख गरेका छन् । प्रधानमनत्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको लागि आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस