अन्तराष्ट्रिय नेपाली टोपी दिवस भव्य रूपमा सम्पन्न


पुस १६, काठमाडौँ । विगत वर्षहरूमा झैँ यस वर्ष पनि अन्तराष्ट्रिय नेपाली टोपी दिवस भव्य रूपमा मनाएको छ । जागरुक युवा अभियान नेपालले बुधबार राजधानीको माइतीघरमा कार्यक्रम गरी दिवस मनाएको हो ।

युवायुवतीहरुले राष्ट्रिय पहिचान झल्काउने पोशाक, दौरा सुरुवाल, ढाकाटोपी, कालोटोपी लगाएर राष्ट्रिय गित गाउँदै टोपी दिवस मनाएका हुन् ।

यसपटकको टोपी दिवस मनाउँदै संस्थाले सरकारको नेपाल भ्रमणवर्ष अभियानलाई पनि साथ दिएको छ ।

कार्यक्रममा नेपाली टोपी दिवस बनाउनु पर्नाको कारण र टोपीको महत्वका बारेमा संस्थाका संस्थापक रामजी बलामी र सचिव ज्ञानमणि नेपाल कालोटोपीले प्रष्ट पारेका थिए ।

कार्यक्रममा उपस्थित संचारकर्मी सम्झना पौडेलले राष्ट्रिय पोशाक हटाउने सरकारको निर्णय सच्याएर नेपाली पहिरनको सम्मान गर्नु पर्ने बताइन् ।

१६ पुष २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको