नयाँ वर्ष २०२० का लागि भायानेटले ल्यायो नयाँ प्लान


पुस १६, काठमाडौँ । नयाँ वर्ष २०२० को अवसरमा भायानेटले नयाँ प्लान “ट्रिपल ट्वान्टी अफर” लाएको छ ।

नयाँ वर्ष २०२० को सुमधुर सुरुवात गर्नका लागि भायानेटले ग्राहकहरुलाई लक्षित गर्दै २० Mbps को नयाँ इन्टरनेट प्लान ल्याएको हो ।

यो नयाँ इन्ट्री–लेबलको प्लान सीमित अवधिका लागि वार्षिक रु. ११,४००८ मा उपलब्ध गराउने भायानेटले जनाएको छ । जसमा २५० च्यानलहरु भएको नेट टिभी निःशुल्क पाउनुका साथै जडान शुल्कमा रु. १००० छुट प्रदान समेत गरेको छ ।

यसका साथै भायानेटले बजारमा आएको २० वर्ष पनि मनाइरहेकोले “ट्रिपल ट्वान्टी अफर” नयाँ ग्राहकको लागि भायानेटको परिवारसँग जोडिनका लागि उत्कृष्ट समय रहेको पनि जनाएको छ । यो अफर ३० डिसेम्बर २०१९ देखि १४ जनवरी २०२० सम्म लागू हुनेछ ।

१६ पुष २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको