यस्तो छ रंगशालामा हुने भ्रमण वर्ष २०२०को उद्घाटन कार्यक्रम


पुस १५, काठमाडौं । ‘भिजिट नेपाल २०२०’ भ्रमण वर्ष बुधबार देखि सुरू हुँदैछ। सो भ्रमण वर्षको उद्घाटन काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगाशालाबाट सुरू हुँदैछ।

‘भिजिट नेपाल २०२०’ को उद्घाटन कार्यक्रम पौने ५ घण्टासम्म हुनेछ। उद्घाटन कार्यक्रम नेपालको संस्कृति झल्कने नाचगानबाट सुरू हुनेछ।

रंगाशालामा चार बजेभित्र सबै पाहुनाहरु उपस्थित हुने छन्। उनीहरुको स्वागत सेलिब्रिटीहरुबाट गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीको सहयोगमा राष्ट्रगान बजाइनेछ।

राष्ट्रगान सकिएलगत्तै बाजा सहित रंगशालामा भिजिट नेपाल २०२०को मानव साङ्लो बनाइनेछ। पौने पाँच बजे कुटुम्बको संगीतमा विभिन्न संघ संस्थाले परेड गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नेछन्। त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले भिजिट नेपाल २०२०को उद्घाटन गर्नेछिन् भने त्यसलगत्तै भ्रमण वर्षका लागि राष्ट्रिय गीत समेत सार्वजनिक गर्नेछिन्।

साढे ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष उद्घाटनमा मन्तव्य राख्नेछन्। पौने ६ बजेतिर भ्रमण वर्षको ‘यति मस्कट’को लन्च सँगै विभिन्न साँस्कृतिक कार्यक्रम पौने ८ बजे सम्म चल्ने तालिकामा उल्लेख छ ।

अन्त्यमा उद्घाटन कार्यक्रम अतिसबाजी पड्काइ ‘यो मन त मेरो नेपाली हो..’ बोलको नेपाली गीतसँगै उद्घाटन कार्यक्रम समापन गरिने जनाइएको छ। कार्यक्रम पौने ८ बजे सकिने अनुमान छ।

हेर्नुहोस् भ्रमण वर्ष उद्घाटनको कार्यक्रम तालिका

१५ पुष २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको