प्रदेश ५ को निर्वाचन कार्यालय दाङमा राखियो


पुस १५, दाङ । प्रदेश नम्बर ५ को निर्वाचन कार्यालय दाङमा राखिएकाे छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश ५ मा निर्वाचन अधिकृतको कार्यालय घोराहीस्थित जिल्ला निर्वाचन कार्यालयमा स्थापना गरिएको हाे ।

मंगलबार जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले संयुक्त रुपमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरेका हुन्।

राष्ट्रियसभामा रिक्त हुन लागेका कूल १८ सदस्यमध्ये प्रदेश ५ मा ३ जना सदस्य रहेका छन् । प्रदेश ५ का लागि दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापालाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ ।

आगामी माघ ९ गते हुने निर्वाचनका लागि प्रदेश ५ मा ८७ जना प्रदेशसभा सदस्य र २ सय १८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३ सय ५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रदेश ५ मा एक जना खुल्ला, एक जना महिला र एक दलित सदस्यका लागि निर्वाचन हुँदैछ । घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचनका लागि २ वटा मतदान केन्द्र स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

१५ पुष २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको